मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

लखनउबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु, ५९ जना घाइते

Samachar Rekhanews 142+ समाचार ( )
लखनउबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु, ५९ जना घाइते
९ माघ २०८१, बुधवार

९ माघ २०८१, बुधवार

बाँके । भारतको महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ । दुर्घटनामा ५९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएपछि यात्रुहरू रेलबाट हाम फालेपछि घटना भएको हो ।

रेलवे अधिकारीहरूका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुहरूले रेलको पाङ्ग्राबाट धुवाँ निस्किएपछि सम्भावित आगलागीको डरले रेलको लिकमा हाम फालेका थिए । त्यसक्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुष्पक एक्सप्रेसबाट ३० देखि ३५ जनाले हामफालेका थिए । घटनास्थल मुम्बईबाट करिब ४ सय किलोमिटर टाढा रहेको जनाइएको छ । दुर्घटनामा नेपाली पनि परेको आशंका गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार