मुख्य समाचार
विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान | ५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने |

विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै

Samachar Rekhanews 141+ समाचार ( )
५ कार्तिक २०८३, बुधवार

४ कार्तिक, नेपालगन्ज । नेपालीहरुको महान पर्व विजयादशमी अर्थात् बडादशैं आज देशभर हर्षोल्लास, श्रद्धा र भक्तिभावका साथ टीका तथा जमरा ग्रहण गरी मनाइँदैछ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा निर्धारण गरेको थियो । यद्यपि विजयादशमीको दिन दिनभर टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ ।

बडादशैंको अवसरमा बिहानैदेखि घरघरमा धार्मिक विधिअनुसार पूजा–आराधना गरी दुर्गा भवानीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ । परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका र जमरा लगाएर सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने चलन छ ।

विजयादशमीको दिन आफ्ना आफन्त, इष्टमित्र तथा नातेदारकहाँ पुगेर टीका लगाउने, आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । रोजगारी, अध्ययन तथा विभिन्न कारणले घरबाट टाढा रहेका परिवारका सदस्यसमेत दशैं मनाउन घर फर्किने भएकाले यो पर्व पारिवारिक पुनर्मिलनको महत्वपूर्ण अवसरका रूपमा स्थापित छ ।

धार्मिक मान्यताअनुसार त्रेतायुगमा भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको तथा देवी दुर्गाले महिषासुरको वध गरी दैवी शक्तिको स्थापना गरेको स्मरणमा विजयादशमी मनाउने गरिन्छ । यस पर्वले अन्याय, अत्याचार, अहंकार र अधर्मको अन्त्य गर्दै सत्य, न्याय, सदाचार र धर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिन्छ ।

घटस्थापनादेखि सुरु भएको बडादशैंको धार्मिक अनुष्ठान विजयादशमीका दिन विशेष रूपमा सम्पन्न हुन्छ । नौ दिनसम्म दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा–आराधना गरेपछि दशौं दिन देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा रहिआएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले दशैंको सांस्कृतिक र सामाजिक महत्व पनि उत्तिकै छ । विभिन्न समुदायका मानिसले आ–आफ्ना परम्परा र संस्कृतिअनुसार पर्व मनाउँदै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्ने गरेका छन् ।

यसबीच नेपालगन्ज रामलीला मैदानमा आज साँझ रावणको पुतला दहन गरिने भएको छ ।

असोज २५ गते घटस्थापनाका दिनबाट रामलीला मैदानमा वृन्दावनबाट आएको रामलीला टोलीले भगवान रामको जीवन चरित्रमा आधारित रामलीला नाट्य मंचन गर्दै आएको छ । यसै अन्तर्गत असत्यमाथि सत्यको विजय स्वरुप आज रावणको पुतला दहन गरिने भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार