मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने

Samachar Rekhanews 142+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

३ वैशाख नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका ५ नं. वडा कार्यालयको आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।

यही महिनाको ६ गतेदेखि सुरु हुने प्रतियोगिता लगातार १५ दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ३० भन्दा बढी टोलीहरूको सहभागिता रहने छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब तिन लाख ५० हजार रुपैयाँको बजेट तय गरिएको छ । जसअन्तर्गत वडा नम्बर ५ ले करिब दुई लाख रुपैयाँ व्यहोर्नेछ भने एक लाख ५० हजार नेपालगन्ज उप–महानगरपालिकाले सहयोग गरेको छ ।

यसका साथै विभिन्न सहयोगी व्यक्ति र संस्थाहरूको समेत सहकार्य छ । कार्यक्रमलाई सफल बनाउन स्थानीय स्तरमा सक्रिय रूपमा काम गर्दै आएको रोयल स्पोर्ट क्लबले पनि महत्वपूर्ण सहयोग गर्ने जनाएको छ ।

युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नु र उनीहरूलाई सकारात्मक तथा सिर्जनशील गतिविधिमा संलग्न गराउनु यस आयोजनाको उद्देश्य हो । पछिल्लो समय युवाहरू विभिन्न विकृतितर्फ आकर्षित हुने जोखिम बढिरहेको अवस्थामा यस्ता प्रतियोगिताले उनीहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

वडा अध्यक्ष मोहम्मद शराफत खानले खेलकुदको विकासमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरे ।

उनले भने, ‘युवाहरूलाई कुनै न कुनै रूपमा खेलमा संलग्न गराउनु अत्यन्त आवश्यक छ । यस टेनिस क्रिकेट प्रतियोगिताले यहाँको खेलकुद क्षेत्रमा अझ सक्रियता पैदा गर्नेछ । साथै, स्थानीय स्तरका खेलाडीहरूको प्रतिभा निखार्ने, उनीहरूलाई अवसर प्रदान गर्ने र भविष्यमा ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने आधार तयार गर्नेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार