मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको जीवनउपयोगी सीप विकास तालिम सम्पन्न

Samcharrekhanews 1+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

१६ पुस, नेपालगञ्ज । बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पाँच दिने जीवनउपयोगी सीप विकास तालिम बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनलसंगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरिरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो पाँच दिवसीय तालिम सञ्चालन गरिएको थियो ।

सो तालिमको मुख्य उदेश्य युवा महिलाहरूमा आत्म–जागरूकता, प्रभावकारी संचार कौशल, अन्तरव्यक्तिगत सम्बन्ध, रचनात्मकता तथा निर्णय क्षमता बढाउनुका साथै समस्या समाधान र नेतृत्व विकासमा केन्द्रित ज्ञान प्रदान गर्नु रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

उनले सहभागीहरूले बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रभावबाट वातावरण संरक्षणमा योगदान पु¥याउन हरित व्यापार र लघु उद्यमहरूको महत्व सहित आत्मरक्षा एवं यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी ज्ञानहरु पनि प्राप्त गरेको बताए । 

तालिममा सहभागि युवतीहरु निकै हर्षित र उत्साहित भएको जनाउँदै समाजमा सम्मानजनक जीवन बिताउनको लागि आत्मनिर्भर र आर्थिक रुपमा सक्षम बन्न उनिहरुले प्रतिवद्धता समेत जनाएको बताईएको छ ।

सो तालिममा राजापुर नगरपालिकाबाट २५ जना युवा महिलाको सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष पंचम गुरुङको सभापतित्वममा सम्पन्न भएको तालिमको समापन समारोहमा सहभागिहरुलाई बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, वरिष्ठ उपाध्यक्ष गुरुंग र तालिमका प्रशिक्षक दिनेश चौधरी लगायतले प्रमाणपत्र बितरण गरे ।

सहभागीहरुको तर्फबाट बोल्दै रामकुमारी चौधरीले जीवन सीप तालिमले आफुहरुको ज्ञान र आत्मविश्वासको स्तरमा बृद्धि हुनुका साथै रोजगारी सिर्जनाको अवसर पनि सृजना गरेको हुनाले धेरै उपयोगी सावित भएको बताइन् ।

सहभागि मध्येकै एक अनिता थारुले सञ्चालन गरेका सो कार्यक्रममा बाँके युनेस्को क्लबका लजिस्टिक अफिसर शंकर सिङ्ग थारु, सहायक प्रशिक्षक अनिता विष्ट, परियोजना अधिकृत राधेकृष्ण थारु र फिल्ड सुपरवाइजर कञ्चन दहित लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार