मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

श्री रामनवमी पर्व आज भक्तिभावपूर्वक मनाइँदै

Samachar Rekhanews 142+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

२४ चैत, नेपालन्ज । सनातन धर्मावलम्बीहरुको महान पर्व श्री रामनवमी आज भक्तिभावपूर्वक मनाइँदै छ ।

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मदिन अर्थात् श्री राम नवमी पर्व आज देशभर भक्तिभावपूर्वक मनाउन लागिएको हो ।

त्रेतायुगमा चैत्र शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियाली वर्तमान युगसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाउने गरिन्छ । दानवीय शक्तिमाथि दैवी शक्ति तथा असत्यमाथि सत्यले विजय प्राप्त गरेको प्रतिकका रुपमा यो पर्व मनाउने गरिएको छ ।

खोज अनुसन्धान अनुसार भगवान् रामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्यान्न समयमा भएको थियो । वाल्मीकि पुराण अनुसार भगवान् रामको जन्म पाँच वटा ग्रहहरू उच्च स्थानमा रहेका थिए । रामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधैँ ख्याल गरेका कारण उनलाई मर्यादा पुरुषोत्तम भनिएको हो ।

भगवान् रामको राज्य (राम राज्य) पनि न्यायका लागि नमूना मानिन्छ । 

रामलाई वैदिक सनातन हिन्दु धर्म संस्कृतिमा सबैभन्दा धेरै बढी पुजिने भगवानका रूपमा लिइन्छ । त्यही भएर रामका भाइहरू भरत, लक्ष्मण र शत्रुधन नाम गरेका अरू तीन जना भाइहरू थिए । भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ वर्ष वनवास पठाएकी थिइन् । तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने चप्पल (खराउ)लाई सिंहासनमा राखेर पुजेको किंवदन्ती छ । भगवान रामका सबैभन्दा असल साथी हनुमान हुन् ।

रामभक्त हनुमान रावण राज्य लंका तहसनहस बनाउने प्रमुख पात्र पनि हुन् । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले यस दिन श्रद्धा, भक्ति अनि आराधनाका माहौलबिच रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, कीर्तन लगायतका कार्यक्रमहरूको आयोजना गर्ने गर्दछन् ।

हिन्दु धर्ममा आस्था राख्नेहरुले राम नवमीका दिन सबेरै नुहाई धुवाइ, शुद्ध बनी राम मन्दिरहरूमा पुगी पूजा आराधना गर्दछन्  नवमीका दिन राम मन्दिरहरूमा बिहानैबाट घुँईचो रहने गर्दछ ।

श्री रामनवमी पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार