मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद

Samachar Rekhanews 142+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

रौतहट । भारतीय हुन्डी कारोबारीले नेपाल तर्फ ल्याउँदै गरेको करिब २५ लाख नेपाली रुपैयाँ सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको छ।

भारतबाट हुन्डी मार्फत ठुलो परिमाणमा नेपाली रुपैयाँ लैजान लागेको विशेष सूचनाको आधारमा एसएसबी ७१ औँ बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मङ्गलवार साँझ झरौखर नाकामा चेकजाँचको क्रममा हुन्डी कारोबारीसहित उक्त रुपैयाँ बरामद गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन माईस्थान चौकका २५ वर्षीय अविनाश कुमार रहेको एसएसबीले जनाएको छ। अविनासले चलाएर जाँदै गरेको मोटरसाइकलको ह्याण्डिलमा झुन्ड्याएको खोला भित्र नेपाली २४ लाख ७१ हजार र भारु ३८ हजार बरामद भएको एसएसबी क्याम्प जमुनियाका प्रमुख भाग सिंहले बताए । 

सोधपुछको क्रममा भारतीय नागरिक अभिनास कुमार हुन्डी कारोबारी रहेको र बरामद रुपैयाँ बाराको सदरमुकाम कलैया लैजाने तयारी रहेको बताएको थियो। उनले लामो समय देखि भारतबाट हुन्डी कारोबार गर्दै आएको स्वीकार गरेको एसएसबीले जनाएको छ। 

नेपाली र भारतीय रुपैयाँ मोटरसाईकल सहित अविनाश कुमार लाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मङ्गलवार साँझ नै भारतीय झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।रातो पाटी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै