मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनको लोगो सार्वजनिक

Samachar Rekhanews 142+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

बाँके बैशाख ६ गते ।
२०–२१ बैशाखमा नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनको लोगो शनिवार नेपालगन्जमा सार्वजनिक गरिएको छ । लोगोको प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय अध्यक्ष सेराज अहमद फारुकी, प्रतिनिधि सभा सदस्य सुर्य ढकाल, दीपा शर्मा, एमालेका केन्द्रिय सदस्य एवम् मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुन, एमालेका केन्द्रिय सदस्य पशुपतिदयाल मिश्र लगायतले एक कार्यक्रमका वीच लोगो सार्वजनिक गरेका हुन् ।

सो अवसरमा नेपाल इत्तेहाद संगठनका केन्द्रिय सदस्य एवम् सांसद फारुकीले नेपालगन्जमा हुन लागेको महाधिवेशन ऐतिहासिक हुने बताए । उनले पिछडियका वर्ग र उत्थानका लागि मार्ग रेखा कोर्ने बताउँदै इत्तेहाद संगठनले गरिव, निमुखा जनताको पक्षमा आजाव उठाउने धारणा राखे ।

सो अवसरमा एमालेका केन्द्रिय सदस्य एवम् मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुनले पनि पिछडियका वर्ग र समुदायको लागि महाधिवेशनले भूमिका खेल्ने धारणा राखे । उनले महाधिवेशन सफल बनाउन विभिन्न राजनीतिक दलमा आवद्ध मुस्लिम नेतासँग छलफल गरेको बताउँदै महाधिवेशनलाई ऐतिहासिक बनाउने धारणा राखे ।

एमालेका केन्द्रिय सदस्य सूर्य ढकालले महाधिवेशनको सफलताको शुभकामना दिँदै मुस्लिम समुदायको उत्थानका लागि नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतिनिधि सभा सदस्य दीपा शर्माले नेपाल मुस्लिम इत्तेहाद संगठनले इस्लाम धर्मावलम्वीको मात्र नभई सिंगो अल्पसंख्यक, सिमान्तकृत समुदायको उत्थानका लागि स्थापना भएको बताइन् ।
एमालेका अर्का केन्द्रिय सदस्य पशुपति दयाल मिश्रले पनि गरिव, निमुखा जनताको उत्थानमा इत्तेहाद संगठनले पहिलेदेखि नै भूमिका निर्वाह गर्दै आएको धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार