मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

नेपालगन्जमा पहिलो पटक सफल कपाल प्रत्यारोपण, अब सेवा स्थानीय स्तरमै उपलब्ध

Samachar Rekhanews 142+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

बाँके ।नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण सेवा सुरु भएको छ। नेपालगन्ज स्किन सेन्टरमा ३४ र ३५ वर्षीय दुई युवाको सफलतापूर्वक कपाल प्रत्यारोपण गरिएसँगै पश्चिम नेपालमै पहिलो पटक यो सेवा स्थानीय स्तरमै उपलब्ध भएको हो।

कस्मेटिक डर्माटोलोजिष्ट डा. अभिषेक अर्जेलको नेतृत्वमा सम्पन्न यो प्रत्यारोपण प्रक्रियामा डा. सपना शर्मा, एनेस्थेसिया विशेषज्ञ डा. नवीन रेग्मी तथा अन्य स्वास्थ्यकर्मीहरूको टोली संलग्न थियो। ३४ वर्षीय पुरुषमा १२ घण्टाको प्रक्रियामा ५,००० कपाल प्रत्यारोपण गरियो भने ३५ वर्षीय पुरुषमा १० घण्टाको अवधिमा ३,२०० कपाल प्रत्यारोपण गरियो।

डा. अर्जेलका अनुसार ती बिरामीहरूमा ‘एन्ड्रोजेनेटिक अलोपेसिया’ अर्थात् वंशाणुगत कारणले तालुमा कपाल झर्ने समस्या थियो। कपाल प्रत्यारोपण एक सुरक्षित प्रक्रिया भएकाले अब यो सेवा नेपालगन्जमै उपलब्ध हुँदा काठमाडौँ वा अन्य ठूला सहर जानुपर्ने बाध्यता हटेको छ।

कपाल प्रत्यारोपण प्रक्रिया छालामै सीमित हुने भएकाले पूर्ण रूपमा सुरक्षित रहन्छ। सर्जनले छालामा स–साना प्वाल बनाउँदै कपाल रोप्ने यो प्रक्रिया ४,००० देखि ५,००० पटकसम्म दोहोर्याइन्छ। सुरूआती केही दिनमा सामान्य समस्या देखिए पनि १०–१५ दिनमा सुधार आउँछ।

डा. अर्जेलका अनुसार कपाल झर्ने समस्या भएका धेरै व्यक्तिहरूमा औषधि वा अन्य विधिहरूले समस्या समाधान गर्न सकिन्छ। तर, यदि कपाल गुम्ने प्रक्रिया रोक्न नसकिएमा मात्र प्रत्यारोपण गर्नुपर्छ।

नेपालगन्जमा पहिलो पटक कपाल प्रत्यारोपण सेवा सुरु भएसँगै कपाल झर्ने समस्याबाट ग्रसित व्यक्तिहरूका लागि अब सहज विकल्प उपलब्ध भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार