मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

छलफल र संवादमार्फत निकास खोजौं - अधिकारकर्मी अन्सारी

Samachar Rekhanews 142+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

मधेश प्रदेशमा पछिल्लो समय जातीय तथा धार्मिक आधारमा द्वन्द्व र तनाव बढ्दै गएको सन्दर्भमा अधिकारकर्मी साहिल अन्सारीले समस्या समाधानका लागि संयम, छलफल र संवाद अपरिहार्य भएको बताउनुभएको छ। उहाँले असहमति र विवादलाई द्वन्द्वमार्फत होइन, समझदारी र संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

अधिकारकर्मी अन्सारीका अनुसार मधेश ऐतिहासिक रूपमा विविध जाति, धर्म र संस्कृतिको सहअस्तित्वको भूमि हो। “जातीय वा धार्मिक पहिचानका नाममा फैलाइने घृणा र उत्तेजनाले समाजलाई विभाजनतर्फ लैजान्छ,” उहाँले उल्लेख गर्नुभयो।

उहाँले मधेशमा देखिएको तनावको प्रभाव बाँके जिल्लामा नपरोस् भन्ने उद्देश्यले भिडिओ सन्देशमार्फत सार्वजनिक आह्वान समेत गर्नुभएको छ। उक्त भिडिओमार्फत उहाँले बाँकेका नागरिक, युवा, धार्मिक अगुवा तथा सरोकारवालाहरूलाई संयम अपनाउन र अफवाह तथा उत्तेजक गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ।

अधिकारकर्मी अन्सारीले राज्यका निकाय, राजनीतिक दल, नागरिक समाज र समुदायका नेतृत्वकर्ताहरूले शान्ति, सद्भाव र सहअस्तित्व कायम राख्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले द्वन्द्व होइन, संवाद नै स्थायी शान्ति र सामाजिक एकताको बाटो भएको स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार