मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन नेपालगन्जमा हुने

Samachar Rekhanews 142+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

बाँके फागुन १५ गते ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन आगामी वैशाखमा नेपालगन्जमा हुने भएको छ । एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन २०८२ बैशाख २०–२१ गते नेपालगञ्जमा आयोजना गरिने भएको हो ।

महाधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संगठनका इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य मो। हारुन हल्वाईले नेपालगन्जमा सम्पन्न हुने महाधिवेशनले सद्भाव र एकताको सन्देश प्रवाह गर्ने बताए । संगठनका कोषाध्यक्ष तथा महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खाँले महाधिवेशन सफल बनाउनका लागि १३ वटा उपसमिति निर्माण गरी क्रियाशील रहेको जानकारी दिए । महाधिवेशनमा ४२ जिल्लाबाट ६ सय प्रतिनिधिको सहभागिता रहने जानकारी दिइएको छ ।

केन्द्रीय महाधिवेशनको नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको उल्लेख गर्दै हारुनले कार्यक्रममा महासचिव शंकर पोखरेलको उपस्थिति रहने पनि जानकारी दिए । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवम् संघीय सांसद सूर्य ढकालले महाधिवेशन नेपालगन्जमा हुनु गौरवको विषय भएको भन्दै महाधिवेशन सफल बनाउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।

नेपाली मुस्लिम समुदायको पहिचान र अधिकार प्राप्तिको लागि नेकपा एमालेको जनवर्गीय संगठनको रुपमा २०४८ सालमा नेपाल मुस्लिम इत्तेहाद संगठन स्थापना भएको हो । संगठनले मुस्लिम समुदायको पक्षका पैरवी गर्ने, पक्षधरका विषयमा काम गर्ने, समुदायको हित, समुदायको अधिकारका लागि वकालत गर्ने र राजनीतिक, सामाजिक, आर्थिक पक्षमा वहसहरु चलाई समुदायका हक अधिकार सदनदेखि सडकसम्म पुर्याउने कार्य पनि गरिरहेको इन्चार्ज हारुनले बताए । संगठनका जिल्ला अध्यक्ष मो। सफिक बेहनाको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार