मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको महाधिवेशनमा युवा परिचालन गरिने

Samachar Rekhanews 142+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

नेपालगञ्ज : यही वैशाख २० र २१ गते नेपालगञ्जमा हुने नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशनमा युवा परिचालन गरिने भएको छ । 

महाधिवेशनको तयारी बारे आयोजना भएको छलफलमा राष्ट्रिय युवा संघ नेपाल नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष धिरु थापा मगर, इत्तेहाद महाधिवेशन युवा परिचालन संयोजक मुस्ताक अन्सारीले महाधिवेशनमा युवाको उल्लेख्य सहभागिता रहने र आवश्यकताअनुसार सहजीकरणका लागि युवा परिचालन गर्ने प्रतिबद्धता जनाएका हुन् । 

नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका बाँके अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मो. हारुनले बाँकेमा महाधिवेशन हुनुलाई अवसरका रुपमा लिनुका साथै बाँकेका एजेण्डा स्थापित गर्न सबैले जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा इत्तेहादका केन्द्रीय कोषाध्यक्ष अब्दुल करिम खानले महाधिवेशन सफल पार्न आव्हान गरेका थिए । 

नेकपा एमाले नगर सचिव रवि बर्माले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य उषा थापा, एमाले सम्बद्ध युवाहरुलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार