मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

नेपालगन्जमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

Samachar Rekhanews 142+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

बाँके । बाँकेको नेपालगन्ज बजारमा प्रहरीले लागुऔषध कारोबारीलाई समात्न गोली चलाएको छ।

विशेष सूचनाका आधारमा लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट गएको टोलली नेपालगन्ज-४ बसपार्क नजिक भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा आज दिउँसो पौने २ बजे गोली चलाएको हो।

चार जना भारतीय लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारीहरुले लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएका असई नवीन शाहीमाथि चक्कु र सिसाको बोटल आक्रमण भएपछि प्रति रक्षाका लागि प्रहरीले गोली चलाएको हो।

प्रहरीले चालएको गोली लागेर एक लागुऔषध कारोबारी घाइते भएको प्रहरीले जानकारी दिएको छ। खुट्टामा गोली लागेर घाइते भएका लागुऔषध कारोबारीलाई उपचारका लागि नेपालगन्जस्थित संजिवनी अस्पताल लगिएको प्रहरीले जनाएको छ भने लागुऔषध कारोबारीको आक्रमणमा असई शाही घाइते भएका छन् ।

प्रहरीले ४ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँके जानकारी दिएको छ। बरामद गरिएको लागुऔषध र पक्राउ परेका र गोली लागेका घाइते कारोबारीको नाम अझै प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

hanif hasrat ३१ श्रावण २०८२, शुक्रबार

good job nepal police 🙏 get well soon sir✌️

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार