मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

मोहर्रम पर्व अन्तर्गत नवौं दिन नगरको विभिन्न स्थानमा ताजिया स्थापित

Samachar Rekhanews 142+ समाचार ( )
२१ असार २०८२, शनिबार

२१ असार, नेपालगञ्ज। इस्लाम धर्मावलम्बीहरुले मनाउने मोहर्रम पर्व अन्तर्गत नवौं दिन नगरको विभिन्न स्थानमा ताजिया स्थापित गरिएको छ।

आज स्थापित गरिएका भाकल मनौतीका ताजिया भोलि आईतवार फुल्टेक्रा स्थित कर्वला मैदानमा लगेर विसर्जन गरिने छ।

आज राती भाकल राखी पायक भर्ने, ताजियादारी र विभिन्न किसिमको झाँकी प्रदर्शन गरी राती जाग्राम बसी विभिन्न धार्मिक अनुष्ठानपछि आइतवार ताजिया फुल्टेक्राको कर्बला मैदानमा विसर्जनपछि मोहर्रम पर्व समापन हुनेछ ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद स.का नाति हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुले शताब्दीयौं अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व लगातार दस दिनसम्म मनाइने गरिन्छ ।

ताजिया इस्लाम धर्मसँग सम्बन्धित एउटा धार्मिक प्रतीक हो । ताजिया राख्ने परम्परा मुख्यतः इमाम हुसैनको सम्झनामा हुन्छ, जो पैगम्बर मोहम्मदका नाति थिए र कर्बला युद्धमा अन्यायविरुद्ध लड्दा सहिद भएका थिए।

कर्बला युद्धमा इमाम हुसैनले अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउँदै आफ्नो ज्यान त्याग गरेका थिए। ताजिया राखेर त्यस बलिदानलाई सम्झने गरिन्छ।

ताजिया राखेर मुस्लिम समुदायले आफ्नो श्रद्धा, एकता र धार्मिक समर्पण देखाउने गर्दछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार