मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

डुडुवाद्वारा नेपालगन्जका दुई सेवा आश्रमलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

Samachar Rekhanews 142+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

१७ जेठ, नेपालगन्ज । मानविय सेवा अन्तर्गत डुडुवा गाउँपालिकाले नेपालगन्जका दुई वटा सेवा आश्रमलाई सहयोग गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा पालिकाले शुक्रबार नेपालगन्जको मानव सेवा आश्रम र निलसागर सेवा आश्रममा रहेका बृद्ध तथा बालबालिकाका लागि खाद्यान्न र शैक्षिक सामाग्री उपलब्ध गराइएको छ । 

पालिकाले चामल २० बोरा, नमकिन ४ बोरा, चिउरा १५ बोरा, बिस्कुट २० दर्जन, भुजा ३ बोरा, सरसफाईका लागि साबुन, सर्फ र २० जना बालबालिकाका लागि व्यागसहितको शैक्षिक सामाग्री प्रदान गरिएको पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । अध्यक्ष चौधरी र उपाध्यक्ष शाहिदा बानोले दुबै आश्रममा पुगेर उक्त सामाग्री हस्तान्तरण गरे ।

सेवा आश्रममा रहेका असहाय बृद्ध तथा अनाथ बालबालिकालाई खाजा, खाना र पढ्नमा सहयोग पुग्ने उद्देश्यले सामाग्री उपलब्ध गराएको अध्यक्ष चौधरीले बताए । उनले आश्रममा रहेका बृद्धहरुको अवस्था निकै दयनिय तथा दुःखदायी अवस्था रहेकाले मानव सेवाको भावनाले उहाँहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै पालिकाले आश्रमलाई आगामी दिनमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष चौधरीले निल सागर सेवा आश्रमद्वारा निमार्णाधिन भवनमा एक कोठे भवन बनाउने र केही पंखा लगायतका सामाग्री थप सहयोग गर्ने घोषणा गरे । पालिकाले यस वर्ष गणतन्त्र दिवसलाई तीनदिनसम्म विभिन्न कार्यक्रम गरी मनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार