मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

नेपालगन्जमा हुने महाधिवेशन तयारीका बारेमा नरैनापुरमा स्थानीयबासीसँग अन्तरक्रिया

Samachar Rekhanews 142+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

नेपाल मुस्लिम इत्तेहाद संगठनको आगामी वैशाख २० र २१ गते नेपालगन्जमा हुने महाधिवेशन तयारीका क्रममा मंगलबार बाँकेको नरैनापुर गाउँपालिकामा स्थानीयबासीसँग अन्तरक्रिया गरिएको छ । त्यसक्रममा स्थानीयबासीले" महाधिवेशनमा प्रधानमन्त्री समेत आउने भएकाले नरैनापुरको विकास, आवश्यकताका बारेमा ध्यानाकर्षण गराइनु पर्ने धारणा राखेका छन् । ‘नरैनापुरको शिक्षा, स्वास्थ्य, पूर्वाधारको विषय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइनुपर्छ’, उनले भने, ‘महाधिवेशनलाई नरैनापुरको विषय उठाउने र सरकार समक्ष पुर्याउने अवसरका रुपमा प्रयोग गरिनुपर्छ । 

कार्यक्रममा सहभागीहरुले इत्तेहादको महाधिवेशन सफल बनाउन आफुहरु लागि पर्ने बताउँदै त्यसका लागि पाएको जिम्मेवारी वहन गर्ने बताएका थिए । 

नेपाल मुस्लिम इत्तेहाद संगठन नरैनापुर गाउँपालिकाका अध्यक्ष मोल्हे शेखको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन कादरीले महाधिवेशन बाँकेका लागि आवसर भएको भन्दै विशेष सन्देश दिनका लागि सबै सबैको सहयोग आवश्यक भएको बताएका थिए । 

कार्यक्रममा विशेष अतिथि महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खान, अतिथिहरु इत्तेहादका केन्द्रीय सदस्य अकरम अन्सारी, सगीर खान, जमील हल्वाई, इब्राहीम शेख, खलील मिया, नेकपा एमाले नरैनापुरका अध्यक्ष  जावेद खान लगायत स्थानीय अगुवाहरूको उपस्थित थियो । 

कार्यक्रममा इत्तेहादका केन्द्रीय सदस्य अकरम अन्सारीले स्वागत गर्दै महाधिवेशन बारे करीम खान, हारुन कादरीले बोलेका थिए । अध्यक्षता गरेका मोल्हे शेख लगायत त्यहाँका अगुवाहरुले महाधिवेशनमा नरैनापुर बाट बाक्लै उपस्थिति हुने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार