मुख्य समाचार
बाँकेमा कडा सुरक्षाको बिच शान्तिपूर्वक रूपले दुर्गा भवानी मूर्ति विसर्जन | विजयादशमी बडादशैं पर्व आज टीका ग्रहण गरी मनाइँदै | आपसी भाइचारा र सद्भाव कायम राख्दै चाडपर्व मनाउन अवधि पत्रकार संघ बाँकेका अध्यक्ष समीर अलीको आग्रह | लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा ७१औं प्रहरी दिवसको अवसरमा रक्तदान | हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै | नेपाल मानव धर्म सेवा समितिको आयोजनमा २९ जनाले गरे रक्तदान | प्रहरी सहायक निरीक्षक कुलबहादुर बि.क. पुरस्कृत | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी | जेनजी आन्दोलनको एक वर्ष: लुम्बिनी प्रदेशका सहिद परिवारको अवस्था के छ | सयपत्री कला प्रतिष्ठानको आयोजनामा ३६ जनाले गरे बृहत रक्तदान |

आज नागपञ्चमी तथा गुडिया पर्व आज मनाइँदै

Samachar Rekhanews 142+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

१३ श्रावण, नेपालगन्ज/ दिव्या श्रीवास्तव / विविध धार्मिक कार्यक्रमको आयोजन गरि आज नागपञ्चमी तथा गुडिया पर्व मनाइँदै छ 

श्रावण शुक्ल पक्षको पञ्चमीका दिन नागपञ्चमी पर्व देशभर मनाइने गरिन्छ भने गुडिया पर्व मधेश क्षेत्रमा मनाउने गरिएको छ । आजका दिन नाग देवताको पूजा अर्चना गरी घरको मूलढोकामा नागको तस्वीर टाँसेर नागपञ्चमी मनाउने गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ । आजका दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ ।

यस्तै गुडिया पर्वमा बैनीहरु रंग बिरंगी कपडाले गुडिया बनाएपछि सो गुडियाहरु चोकमा हाल्ने गरिन्छ । यसपछि गुडियालाई भाईहरु मिलेर रंग बिरंगी लट्टीले पिट्ने परम्परा रहेको छ ।

यस दिन नाग देवताको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार